Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौै । कांग्रेस–एमालेका शीर्षहरु न्यायाधीशहरुसँगै पटक–पटक संवादमा रहेको चर्चा चल्न थालेको छ । यसको पुष्टि गर्ने आधार तत्काल नभेटिएपनि स्रोतले यही दाबी गरेको छ । त्यसैले जुनकुनै बेला संसद पुनस्र्थापनाको सम्भावना रहेको भन्दै पुराना दलका नेताहरु निकै उत्साहित हुनथालेका छन् । हुन त बुधबार सर्वोच्च आदतलले प्रतिनिधिसभा विघटनबारे सरकारका नाममा कारण देखाऊ आदेश दिएको छ । यो, कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिइएको हो ।

शेरबहादुर देउवा र केपी शर्मा ओलीले गत मंसिर २२ गते कुराकानी गरेपछि त्यसको भोलिपल्ट २३ गते श्याम घिमिरेसहितका कांग्रेस निवर्तमान सांसदहरु सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसैको सुनुवाइका क्रममा संवैधानिक इजलासले कारण देखाउ आदेश दिएको हो ।

रिटमा राष्ट्रपति कार्यालय
, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ । रिटमा सुशील कार्की नेतृत्वको सरकारको गठन नै असंवैधानिक भएकाले नियुक्ति बदर गरी संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्री बनाउन माग पनि गरिएको छ । अब अदालतले के गर्छ, त्यो हेर्न बाँकी छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार