NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टीलाई विभाजनको अवस्थामा पुग्न नदिन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले यदि पार्टी फुट्ने दिशातर्फ गयो भने त्यसको सबैभन्दा ठूलो राजनीतिक क्षति महामन्त्रीद्वयले नै व्यहोर्नुपर्ने जिकिर गरे। पार्टी विभाजनको बाटो रोजे चुनाव र पार्टी दुवै गुम्ने उनको तर्क छ।
‘पार्टी फुटाउने निर्णयतर्फ गइयो भने उहाँहरूले चुनाव मात्रै होइन, पार्टी नै गुमाउनुहुन्छ,’ घिमिरेले भने, ‘पार्टी फुटाएर बाहिरिएपछि महाधिवेशनमा सहभागी हुने अधिकार पनि रहँदैन। त्यसैले उहाँहरू अन्ततः सहमतिमा आउनुहुन्छ भन्ने विश्वास छ।’
उनले पार्टी विभाजन कांग्रेसका लागि मात्रै होइन, महामन्त्रीहरूका लागि पनि घाटाको विषय हुने बताए। ‘पार्टी फुटाएर कसैलाई फाइदा हुँदैन। योग्य र लोकप्रिय नेताहरूले यस्तो बाटो रोज्नु हुँदैन,’ उनले थपे, ‘उहाँहरू जस्तो नेतृत्व कमजोर हुँदा कांग्रेसलाई पनि क्षति हुन्छ, तर त्योभन्दा ठूलो क्षति उहाँहरूलाई नै हुन्छ।’
महामन्त्रीहरू सहमतिमा नआए कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्नमा घिमिरेले पार्टी विधानअनुसार अवस्था आफैं स्पष्ट हुने प्रतिक्रिया दिए। ‘यदि उहाँहरूले अर्को पार्टी बनाउनु भयो भने निष्कासन गर्नै पर्दैन,’ उनले भने, ‘आफैं निष्काशित भइहाल्नुहुन्छ।’

प्रकाशित मिति:
मंगलबार, पुस २९, २०८२
१८:१८
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्