Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेस विवाद मिलाउन विशेष पक्षधर र संस्थापनबीच दोस्रोपटकको वार्ता सुरु

काठमाडौं । नेपाली कांग्रेस फुटको संघारमा रहँदा दुबैपक्षबीच पुनः वार्ता सुरु भएको छ । महाराजगञ्जमा जारी वार्तामा सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् । विहानको वार्तामा विशेष पक्षधरले चार एजेण्डा राखेपछि सभापति शेरबहादुर देउवासँग छलफल गरेर संस्थापन पक्ष विशेष पक्षसँग पुनः संवादमा जुटेको हो । विशेष पक्षले नेतृत्व परिवर्तन, नीति परिमार्जन, विधान संशोधन र राष्ट्रिय राजनीतिमा पार्टीको दृष्टिकोणसहितका चार एजेण्डा राखेका थिए । त्यसमा सहमतिका लागि संस्थापन पक्षका नेताहरु सभापति देउवासँग छलफल गरेर वार्तामा बसेका हुन् । यता, महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया अघि बढाइसकेका छन् भने संस्थापनले केन्द्रीय समितिको बैठक राखेको छ । दुबै पक्ष आ–आफ्नै तयारीमा जुटिरहँदा संवादलाई निरन्तरता दिइएको छ ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार