Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ७६ हजार ५००

काठमाडौं ।  लगातार उकालो लागिरहेको सुनको मूल्यले मंगलबार  फेरि अर्को कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला दुई लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर दुई लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ। 

यसैबीच, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला पाँच हजार ३४० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १४५ रुपैयाँले बढी हो । सोमबार चाँदी प्रतितोला पाँच हजार १९५ रुपैयाँमा कारोबार भएको थियो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार