Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेस विशेष महाधिवेशन

बन्दसत्र जारी: निर्वाचन समिति भंग गर्दै सीताराम केसीको संयोजकत्वमा नयाँ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो। यसअघिको निर्वाचन समिति भङ्ग गर्दै केसीको नेतृत्वमा नयाँ समिति बनाइएको हो। यसअघि पार्टीले खम्बबहादुर खाँतीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो।

नयाँ निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन्।

भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी रहेको छ। नेताहरूका अनुसार अब बाँकी प्रक्रिया सुरु गरिनेछ र नयाँ निर्वाचन समितिले निर्वाचनको प्रक्रिया अघि बढाउनेछ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार