Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १ बजेका लागि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ।

यसअघि बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी सारिएको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेकाले कांग्रेसभित्र विवाद उत्कर्षमा पुगेको छ। यसैबीच, विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने घोषणा गरेका छन्।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि अहिले लाजिम्पाटमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षका टोलीबीच वार्ता जारी छ।

संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशनलाई अवैधानिक बताइरहेका छन् भने विशेष महाधिवेशन पक्षधरहरूले नेतृत्व र नीति चयन गर्ने प्रक्रियासहित अघि बढ्ने अडान लिएका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार