NL न्यूज
काठमाडौं । विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता सुरु भएको छ।
काठमाडौँको लाजिम्पाटमा दुवै पक्षबीच छलफल भइरहेको हो। वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण सहभागी छन्। शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल सहभागी भएका छन्।
त्यस्तै, विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे वार्तामा सहभागी छन्।
यसअघि विशेष महाधिवेशन सञ्चालन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका थिए। वार्ताबाट कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि सहमतिको प्रयास भइरहेको नेताहरूले बताएका छन्।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्