NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच आज वार्ता हुने भएको छ।
विशेष महाधिवेशन सञ्चालन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोलीले संस्थापन पक्षसँग संवाद गर्न लागेको हो। आज हुने वार्तामा विशेष पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुनेछन्।
संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण वार्तामा सहभागी हुने तय भएको छ।
विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई वार्ताका लागि आह्वान गरे पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्। सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश निकटस्थहरूमार्फत् दिइरहेको बताइन्छ।
कांग्रेसका ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनको माग गरिरहेको विशेष पक्षको दाबी छ। संस्थापन पक्षले माग बेवास्ता गरे जारी विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने चेतावनी पनि उनीहरूले दिएका छन्।
आज हुने भनिएको वार्ताको समय र स्थान भने सार्वजनिक गरिएको छैन। यो वार्तापछि विशेष महाधिवेशनको आगामी कार्यदिशा तय हुने नेताहरूले बताएका छन्।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्