NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसमा एक पक्षले दोस्रो विशेष महाधिवेशन सञ्चालन गरिरहँदा आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि आह्वान गरिएको छ।
विशेष महाधिवेशन पक्षधर समूहले आयोजना गरेको महाधिवेशनको बन्दसत्र आज बिहान ९ बजेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। पुस २७ र २८ गतेका लागि तय गरिएको दोस्रो विशेष महाधिवेशन विभिन्न प्रतिवेदनमाथिको छलफल लम्बिएपछि कार्यतालिका संशोधन गर्दै मंगलबारसम्म लम्ब्याइएको हो।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार सोमबार बन्दसत्र सुरु भई प्रतिवेदनमाथिको छलफल समय लम्बिएपछि कार्यतालिका परिमार्जन गरिएको हो।
आज पनि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया जारी रहनेछ भने हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्याउने तयारी गरिएको छ। बन्दसत्रमा निर्वाचन, अनुशासन, केन्द्रीय समिति लगायतका समिति भङ्ग गर्ने एजेन्डा तय गरिएको छ।
यता, नेपाली कांग्रेसले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा सातै प्रदेशका सभापतिलाई सहभागी हुन निर्देशन दिइएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्