NL न्यूज
लामिछानेले भने
, “मलाई त साढे ६ फिटको खाल्डो खने पुग्छ भनेकै थिएँ। तर यति ठूलो खाल्डो खन्नु भयो कि तपाईंहरूलाई नपुरी सुखै छैन।” उनका अनुसार पुराना दलका नेताहरू एकजुट भएर रास्वपामाथि आक्रमण गरिरहेका छन्।
उनले निर्वाचन हुन नदिन कुनै पनि प्रकारको षड्यन्त्र नगर्न चेतावनी दिँदै चुनावमार्फतै देशले निकास पाउने दाबी गरे। यसपटकसम्म अरू दललाई मतदान गर्दै आएका मतदातालाई सम्बोधन गर्दै उनले आफूले मन पराएको दललाई एकपटक प्रतिपक्षमा बस्न दिने साहस गर्न आग्रह गरे।
“पुराना दलका नेतालाई कटाक्ष गर्न छोडिदिनुस्। उहाँहरूले पनि हाम्रो चिन्ता लिनु पर्दैन,” उनले भने, “तपाईंहरूले संसद् बजेट भाषणबाहेक हेर्नै नसकिने बनाउनु भएको थियो। अब युवा पुस्ताले आँखा झिमिक्क नगरी हेर्न मिल्ने संसद् बनाउने रास्वपा हो।”
लामिछानेले रास्वपाका नेताहरू राजनीतिक रूपमा परिपक्व हुँदै गएको दाबी गरे भने अन्य दलले गरिरहेको राजनीतिमाथि गम्भीर प्रश्न उठाए। “देशलाई हरिकंगाल बनाएर छोडियो। सम्भावनाले भरिएको देशलाई सम्भावना नभएको बनाइयो,” उनले भने, “हामीसँग देशलाई गन्तव्यतर्फ लैजाने क्षमता छ।”
उनका अनुसार अब चुनाव नै अन्तिम बाटो हो। “जसलाई तपाईंले माया गर्नुभयो, त्यही दलबाट निकास नआए पनि फेरि उसैलाई माया गर्नुभयो भने, कम्तीमा एकपटक प्रतिपक्षमा बस्न दिनुस्,” उनले भने।
सम्बन्धित समाचार
निर्वाचनको इपिसेन्टर झापा-५, ओली र बालेन बिच महाभिडन्त हुने तय
अब सबैभन्दा धेरै मत ल्याउने पार्टी भएर संसद छिर्छौं : सभापति लामिछाने
झापा–५: ओलीको राजनीति जोगिन्छ वा बालेनको भविष्य ?
कुलमानबारे पार्टीले अब निर्णय गर्छ : रवि लामिछाने
सोविता गौतमलाई चितवनबाट उठाउने कुरा आधिकारिक हैन : रवि लामिछाने





प्रतिक्रिया दिनुहोस्