प्रस्ट प्रश्न
काठमाडौं । नेपाल लिडको प्रस्तुति कार्यक्रम ‘प्रष्ट प्रश्न’ मा पूर्व राष्ट्रपति विद्या भण्डारी पहिलो अतिथिका रूपमा सहभागी भएकी छन्। कार्यक्रम सञ्चालक राजेन्द्र बानियाँसँगको अन्तर्वार्तामा भण्डारीले पछिल्लो समय एमालेभित्र देखिएको राजनीतिक घटनाक्रम र आफूलाई लक्षित विवादास्पद टिप्पणीबारे धारणा राखेकी छन्।
पूर्व राष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन इच्छुक देखिएपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनको सदस्यता नवीकरण रोकेपछि राजनीतिक वृत्तमा चर्चा चुलिँदै आएको छ । त्यसमाथि अध्यक्षको आकांक्षा बोकेकी भण्डारीको राजनीतिक भविष्यका ओली रुकावट बनेका छन् । यदि त्यसो हुँदैन थियो भने एमालेको जारी ११ औँ महाधिवेशनमा भण्डारी सल्लाघारी र बन्दसत्र स्थल भृकुटीमण्डपमा हुन्थिन् । तर ओलीले त्यसो हुन दिएनन् ।
यतिसम्मकी सार्वजनिक कार्यक्रममा ओलीले भण्डारी र उनका स्वर्गीय पति, एमालेका पूर्व महासचिव मदन भण्डारीलाई लक्षित गर्दै गरेका टिप्पणी गरेर मनोबल गिराउने कुनै कसर बाँकी राखेनन् ।
विशेषगरी गत असार १४ गते, मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा ओलीले जननेता मदन भण्डारीमाथि चारवटा श्रीमती राखेकोदेखि सहकारी ठगीसम्मका आरोप लगाइएको भन्न भ्याए । यद्यपि ओलीले ती आरोपमा कुनै सत्यता नभएको दाबी गरे पनि, उनले ती विषय सार्वजनिक रूपमै उठाउनुको उद्देश्य के थियो भन्ने प्रश्न आमजनमानसमा उठेको थियो। उक्त कार्यक्रममा विद्या भण्डारीले भने कुनै प्रतिक्रिया जनाएकी थिइनन्।
यही पृष्ठभूमिमा, कार्यक्रम ‘प्रष्ट प्रश्न’ मा सञ्चालक राजेन्द्र बानियाँले मदन भण्डारीबारे ओलीले दिएको अभिव्यक्तिलाई लिएर प्रत्यक्ष प्रश्न गरेका छन्। ओलीको टिप्पणीबारे विद्या भण्डारीको जवाफ के आयो त ?
पूरा उत्तर जान्न आइतबार राति ९ बजे नेपाल लिडको सबै डिजिटल प्लेटफर्ममा ‘प्रष्ट प्रश्न’ कार्यक्रम हेर्नुहोस्।
अहिलेलाई थोरै अंश
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्