Nepal Lead | नेपाल लिड | Voice of all Generations

Siren Please

ललितपुरको इनारमा बोराभित्र युवकको शव फेला, हत्या आरोपमा एक पक्राउ

काठमाडौै । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ। शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुलको भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले पुष्टि गरेका छन्।

प्रहरीका अनुसार हायुल ललितपुरमा तरकारी फार्म हाउस सञ्चालन गर्दै आएका थिए। पछिल्लो समय उनी बुल्गेरिया जाने तयारीमा थिए र सोही क्रममा आफ्नो फार्म रोल्पाका दीपक थापा मगरलाई बेचेको खुलेको छ।

हायुलको शव ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरफाँटस्थित एक इनारमा २ पुसमा फेला परेको हो। इनारमा बोरा तैरिएको देखिएपछि निकालेर हेर्दा शव भेटिएको प्रहरीले जनाएको छ। उनी २४ मंसिरदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए।

प्रारम्भिक अनुसन्धानबाट टाउकामा प्रहार गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ। शव भेटिँदा खुट्टा र मुख टेपले बाँधिएको अवस्थामा थियो। शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।

हत्या आरोपमा एक जनालाई पक्राउ गरिएको भए पनि थप अनुसन्धान जारी रहेकाले हाल पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार