NL न्यूज
सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको रिक्त अध्यक्ष पदमाशिवप्रसाद सिग्देललाई मनोनयन गरेको छ। यस्तै, समितिका सदस्यमा दीपक केसी र रामेश्वर ढकाल नियुक्त भएका छन्।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार समस्यामा परेका सहकारीहरूको व्यवस्थापन व्यवस्थित बनाउने र पीडित बचतकर्तालाई समयमै राहत दिन समितिको पुनर्गठन गरिएको हो।
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयका प्रस्तावमा काभ्रेको धुलिखेलमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालयलाई भक्तपुरमा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ। यसअघि धुलिखेलबाट सेवा दिँदै आएको प्रयोगशाला अब भक्तपुरबाट सञ्चालन हुनेछ।
यस्तै, स्वास्थ्य मन्त्रालयकै अर्को प्रस्तावमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनसम्बन्धी तेस्रो कार्यविधि संशोधन पनि पारित गरिएको छ। संशोधित कार्यविधिले कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले पछिल्ला निर्णयहरूलाई सहकारी सुधार, स्वास्थ्य सेवा विस्तार र सार्वजनिक सेवा प्रवाहलाई सुदृढ बनाउने दिशामा केन्द्रित कदमका रूपमा प्रस्तुत गरेको छ।
सम्बन्धित समाचार
झापा–५: ओलीको राजनीति जोगिन्छ वा बालेनको भविष्य ?
कांग्रेस फुटतर्फ ? कार्यवाहक सभापति खड्काको गम्भीर चेतावनी
रवि-बालेन vs ओली-देउवा : कसका विगत कस्तो ? नालीबेलीसहित
प्रधानमन्त्री बन्न चाहिँ पाइँदैन भनेर माओवादीमा नगएर छुट्टै दल खोल्नुभा’को?





प्रतिक्रिया दिनुहोस्