NL न्यूज
काठमाडौं | कांग्रेस पार्टीमा आएको फुटसँगै निर्वाचन कार्यतालिका संशोधन हुने बहस भइरहेपनि निर्वाचन आयोगको नेतृत्व भने त्यसप्रति अनिच्छुक रहेको छ । आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त निर्वाचनको कार्यतालिकामा फेरबदल गर्न उचित नहुने भन्ने विषयमा दृढ रहेको उनी निकट उच्च स्रोतले नेपाललिडलाई जानकारी दिएको छ ।
विश्वस्त स्रोतका अनुसार कामु प्रमुख आयुक्त भण्डारी यो वा त्यो बहानामा अहिले निर्वाचनको कार्यतालिका हेरफेर गरिएमा त्यसले सम्पूर्ण निर्वाचनको प्रक्रियामा नै असर पर्ने हुँदा कुनैपनि स्थितिमा कार्यतालिका परिवर्तन गर्नु हुँदैन भन्नेमा उनी स्पष्ट छन् ।
यस्तै, प्रधानमन्त्री शुशिला कार्कीले आयोगका पदाधिकारीलाई पछिल्लो घटनाक्रमबारे छलफल गर्न दिउँसो ४ बजे बोलाएकी छिन् ।
उता कांग्रेसको आन्तरिक विवाद निरूपण गर्न सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको निवर्तमान सभापति शेरबहादुर देउवाको पक्षले उम्मेदवार मनोनयनको मितिलाई सार्न पनि माग गरेको छ । गत शुक्रबार निर्वाचन आयोगले कांग्रेस विशेष महाधिवेशनलाई मान्यता दिएर त्यसले निर्वाचन गरेको नयाँ पदाधिकारीलाई मान्यता दिएको थियो ।

प्रकाशित मिति:
आइतबार, माघ ४, २०८२
१५:१७
सम्बन्धित समाचार
२० प्रहरी कर्मचारी आफूखुशी गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन
शुक्रबार, पुस ११, २०८२
आज डिसेम्बर २५: ‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक बिदा
बिहीबार, पुस १०, २०८२
१६ दिनका लागि २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
बुधबार, पुस ९, २०८२
प्रतिनिधिसभा पुनःस्थापनाको पूरक रिटमा आज पेशी
बुधबार, पुस ९, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
बुधबार, पुस ९, २०८२
धुलिखेल–खावा सडकको काम धमाधम, समय भन्दा अघि नै सक्ने लक्ष्य (तस्बिरहरू)
बुधबार, पुस ९, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्