फोटो ग्यालेरी
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र जारी छ ।
बन्दसत्रले ‘विशेष महाधिवेशन कार्यविधि, २०८२’ पारित गरेसँगै पार्टीको नीति, विधान संशोधन र नेतृत्व चयनको बाटो खुलेको छ । बन्दसत्र चलिरहँदा महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया पनि जारी राखिएको छ ।
बन्दसत्रमा मुख्य गरी राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । छलफललाई व्यवस्थित बनाउन प्रतिनिधिहरूलाई विभिन्न समूहमा विभाजन गरेर बहस गराइने कार्यक्रम तय भएको छ ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति:
सोमबार, पुस २८, २०८२
१३:१६





प्रतिक्रिया दिनुहोस्