Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

टुँडिखेलमा मनाइयो मगर दिवस ( तस्विरहरू)

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी मगर समुदायले मगर दिवस मनाएका छन्। आदिवासी जनजाति अन्तर्गत पर्ने मगर समुदायले आफ्नो इतिहास, भाषा, संस्कृति र पहिचानलाई स्मरण गर्दै उत्साहपूर्वक दिवस मनाएका हुन्।

विशेषगरी लुम्बिनी प्रदेश मा सांस्कृतिक झाँकी, नृत्य, परम्परागत भेषभूषा प्रदर्शन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो। मगर समुदायको बाक्लो बसोबास रहेको यस प्रदेशमा दिवसको अवसरमा सार्वजनिक बिदासमेत दिइएको छ।

यस्तै, राजधानी काठमाडौँस्थित टुँडिखेल मा मगर समुदायका अगुवा, युवायुवती तथा सर्वसाधारण भेला भई सामूहिक कार्यक्रम गरेका थिए। सहभागीहरूले आफ्नो मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जोड दिँदै आपसी एकता र पहिचान सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मगर दिवसले समुदायको ऐतिहासिक योगदान स्मरण गराउनुका साथै नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक जरोसँग जोड्ने अवसर प्रदान गरेको आयोजकहरूले बताएका छन्।

तस्विरहरू

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी