Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

यस्तो छ जेनजी आन्दोलनमा क्षतिग्रस्त दमक भ्युटावरको अहिलेको अवस्था (तस्विरहरू)

झापा । झापाको दमकस्थित भ्युटावर जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि अझै पुनर्निर्माण हुन सकेको छैन। आन्दोलनका बेला भ्युटावरको मूल गेट, टिकट काउन्टर, सुरक्षा पोस्ट, कर्मचारी बस्ने भवनलगायत संरचनामा क्षति पुगेको थियो भने १८ तलामध्ये अधिकांश तलाका सिसा फुटेका छन्। भित्री संरचनामा समेत व्यापक क्षति पुगेको बताइएको छ। प्रारम्भिक मूल्याङ्कनअनुसार करिब २५ करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ।

१ अर्ब ६४ करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भ्युटावर २०८१ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए। त्यसपछि गत साउनदेखि सर्वसाधारणका लागि प्रवेश खुला गरिएको थियो। तर, भ्युटावरभित्र सञ्चालन गर्ने भनिएका व्यावसायिक संस्था वा कम्प्लेक्स भने अझै सञ्चालनमा आउन सकेका थिएनन्। आन्दोलन अघिसम्म संरचना खाली नै रहेको थियो।

स्थानीय प्रशासन र सम्बन्धित निकायले क्षतिको विस्तृत मूल्याङ्कन तथा पुनर्निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएका छन्। तर, स्रोत व्यवस्थापन र कानुनी प्रक्रियाका कारण काम अघि बढ्न ढिलाइ भइरहेको बताइएको छ। स्थानीयवासीले शीघ्र पुनर्निर्माण गरी संरचना सुरक्षित रूपमा सञ्चालनमा ल्याउन माग गरेका छन्।

तस्विरहरू

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी