Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

कांग्रेस विशेष महाधिवेशन : नाम दर्ता गराउन थाले प्रतिनिधि (तस्बिरहरु)

काठमाडौं ।  नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले नाम दर्ता गर्न थालेका छन् ।

भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले नाम दर्ता गराइरहेको जिल्ला–क्षेत्र समन्वय समिति संयोजक युवराज पाण्डेले जानकारी दिए । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम दर्ताका लागि भृकुटीमण्डपको मूल गेटअगाडि स्टलहरू राखिएको छ ।

आयोजक समितिका अनुसार प्रदेशअनुसार छुट्टाछुट्टै स्टलमार्फत नाम दर्ता गर्ने व्यवस्था मिलाइएको छ । नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कागजात अनिवार्य रूपमा ल्याउनुपर्ने र दर्ता दस्तुर एक हजार रुपैयाँ तोकिएको छ ।

विशेष महाधिवेशन आज दिउँसो १ बजेदेखि सुरु हुनेछ । त्यसअघि बिहान ११ बजेदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट निकालिने जुलुस भृकुटीमण्डपतर्फ आउनेछ ।

जुलुस भृकुटीमण्डप पुगेपछि विशेष महाधिवेशनको औपचारिक उद्घाटन गरिने आयोजकले जनाएको छ ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी