Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

विवादका बीच कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र, भृकुटीमण्डप सजिँदै (तस्बिरहरु)

काठमाडौं ।  नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौँको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ। बिहानै ५ बजेदेखि कार्यकर्ताहरू चारतारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्र सिँगार्न व्यस्त छन्।

बहुमत महाधिवेशन प्रतिनिधिको आग्रहमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका हुन्। पुस २७ र २८ गते महाधिवेशन गर्ने तयारी गरिएको छ।

तर कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन विधानविपरीत भएको दाबी गर्दै नेता–कार्यकर्तालाई सहभागी नहुन आग्रह गर्दै आएको छ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी