Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

बागदरबार रेट्रोफिटिङले लियो गति, २०८४ मंसिरमा सक्ने लक्ष्य (तस्बिरसहित)

सुन्धारास्थित ऐतिहासिक बागदरबारको प्रबलीकरण (रेट्रोफिटिङ) कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यसअघि काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयका रूपमा प्रयोग हुँदै आएको बागदरबारमा कार्यालय कमलादी सरेपछि हाल महानगर प्रहरीको कार्यक्षेत्र सञ्चालन भइरहेको छ।

पुरानो संरचना भएकाले बागदरबारका विभिन्न भागमा चिरा परेको र कतिपय स्थानमा संरचना कमजोर बनेको देखिन्छ। २०७२ सालको विनाशकारी भूकम्पले जीर्ण बनेपछि लामो समयसम्म बागदरबारलाई भत्काएर नयाँ बनाउने कि प्रबलीकरण गर्ने भन्ने विषयमा छलफल हुँदै आएको थियो। अन्ततः ऐतिहासिक महत्वलाई मध्यनजर गर्दै प्रबलीकरण गर्ने निर्णय भएपछि हाल निर्माण कार्य अगाडि बढाइएको हो।

बागदरबार प्रबलीकरणको ठेक्का ३६ करोड ९० लाख रुपैयाँमा तीन वटा निर्माण कम्पनीले संयुक्त रूपमा लिएका छन्। २०८२ मंसिर १५ गते ठेक्का सम्झौता भएको यो आयोजनाको निर्माण कार्य २०८४ मंसिर १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

तस्बिर :  नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी