Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

बसन्तपुरमा होलीको चीर ठड्याएसँगै सुरु भयो रंगहरूको पर्व फागु (तस्विरहरू)

काठमाडौं । काठमाडौंको बसन्तपुरमा मंगलबार बिहान होलीको चीर ठड्याइएसँगै फागु पर्व औपचारिक रूपमा सुरु भएको छ। हनुमानढोका दरबार क्षेत्रको दक्षिण पटाङ्गिनी, मोहनकाजी चोक र दाखचोकमा ३२ फिट अग्लो रङ्गीविरङ्गी चीर ठड्याइएको हो।

चीर ठड्याएपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो। नेपाल पञ्चाङ्ग निर्णय समितिले आजका लागि उत्तम साइत तोकेपछि चीर स्थापना गरिएको हो।

वसन्त ऋतुको आगमनको प्रतीक मानिने होली पर्व पौराणिक कथाअनुसार प्रह्लाद र होलिकाको प्रसंगसँग जोडिएको छ। धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए।

तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भस्म भएकी थिइन् । आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वास छ । यही विश्वासअनुरुप होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।

तस्विरहरू
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी