फोटो ग्यालेरी
काठमाडौं । ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन्। झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आएका उनलाई विमानस्थल गेटमा समर्थकहरूले नाराबाजीसहित स्वागत गरेका छन्।
गाडीबाट बाहिरिँदै उनले समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका थिए। विमानस्थल परिसरमा उनको समर्थनमा बाक्लो संख्यामा समर्थकहरूको उपस्थिति देखिएको छ। समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन्। उनीहरू र्यालीसहित उनलाई निर्मल निवास पुर्याउने तयारीमा छन्।
विमानस्थल क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि समर्थकहरूको भीड देखिएको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं ले शाहलाई विमानस्थलभित्रै स्वागत गरेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवाससम्म लैजाने तयारी भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै उपत्यकाका विभिन्न चोक–चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित मिति:
शुक्रबार, फागुन १, २०८२
१४:१४

प्रतिक्रिया दिनुहोस्