Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

पूर्वराजा काठमाडौं फर्किँदै, निषेधाज्ञासँगै त्रिभुवन विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ। झापाबाट फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाह को स्वागतका लागि समर्थकहरू भेला हुने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइएको हो।

स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। विमानस्थलदेखि निर्मल निवाससम्म ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ। ज्ञानेन्द्र शाह हेलिकप्टरमार्फत काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

राजावादी समूहले दिउँसो १२ बजेपछि विमानस्थलमा अवतरणपछि स्वागत गर्ने कार्यक्रम तय गरेको छ। त्यसैले विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनलमा समेत अतिरिक्त सुरक्षा व्यवस्था मिलाइएको छ।

बिहानैदेखि विमानस्थल प्रवेश गर्ने व्यक्तिमाथि कडा चेकजाँच भइरहेको छ। विमानस्थल सुरक्षा प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार चेकजाँच नियमित प्रक्रिया भए पनि वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै निगरानी बढाइएको हो।

तस्बिर:NPL

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी