Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

महाशिवरात्रि: पशुपति आइपुगेका नागा बाबाहरू (तस्बिरसहित)

काठमाडाै‌ । महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारत संगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौं आउन थालेका छन् । सोही अवसरमा आज नागा बाबाहरु जन्तीसहित काठमाडौँ आएर पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् ।

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पति सुचिमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्रपदायका बाबाहरु आउने गर्छन् ।

अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्त जनहरुको संख्या वृद्धि भएको छ । पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिमा लागि व्यावस्थापनलाई तिव्रता दिएको छ
तस्बिर : नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी