Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

पुरानै शैलीमा पुनर्निर्माण गरिँदै गहना पोखरी (तस्बिरहरु)

काठमाडौंको हाडीगाउँमा रहेको प्रसिद्ध ऐतिहासिक सम्पदास्थल मध्ये एक गहना पोखरीको अहिले धमाधम पुनर्निर्माण चलिरहेको छ। सम्पदा क्षेत्र संरक्षण र सहरी विकास कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकाको पहलमा यहाँ पुनर्निर्माणको काम भइरहेको छ। क्षमा पूजा गरी काठमाडौं महानगरपालिकाको पहलमा पोखरी र आसपासको क्षेत्रको संरचनाको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ। करिब ५२ देखि ५५ लाख खर्च गरेर यस पोखरीलाई पुरानै शैलीमा निर्माण गरिनेछ । साथै फुटपाथ अलि ठूलो बनाउने, फाल्चा बनाउने, बालमैत्री क्षेत्र र हरियाली क्षेत्र बढाउने सहितका पर्यटक सहायताका केन्द्र स्थापना लगायतका काम भइरहेका छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी