Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक (तस्बिरसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी बुधबार सार्वजनिक गरेकाे छ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच भएको जर्सी प्रायोजन सम्झौताअन्तर्गत एक्सट्रिम इनर्जीको लोगो अंकित जर्सी सार्वजनिक गरिएको हो।

क्यान र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच दुई वर्षे जर्सी प्रायोजन सम्झौता माघ २ गते शुक्रबार सम्पन्न भएको थियो।

जर्सी प्रायोजनले खेलाडीहरूलाई प्रोत्साहन, आत्मविश्वास र व्यावसायिक वातावरण प्रदान गर्ने विश्वास पनि व्यक्त गरिएको छ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी