फोटो ग्यालेरी
मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार तथा मतदातासँग भेटघाटका लागि बुधबार बिहान मोरङ पुगेका छन् ।
बिहानै मोरङ पुगेका शाहले मोरङ–१ का रास्वपा उम्मेदवार अधिवक्ता यग्यमानी न्योपानेसहित पार्टीका नेताकार्यकर्तासँग भेटवार्ता गरेका छन् । काठमाडौंबाट सोमबार झापा पुगेका बालेन मंगलबार दिनभर आफ्ना क्षेत्रमा मतदातासँग भेटघाटमा व्यस्त रहेका थिए । बुधबार बिहान भने उनले मोरङको उर्लाबारीबाट फरक जिल्लातर्फ यात्रा सुरु गरेका हुन् ।
सचिवालयका अनुसार आज बालेनले मोरङका विभिन्न पालिकासँगै सुनसरी र उदयपुर जिल्लामा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम तय गरेका छन् ।
प्रकाशित मिति:
बुधबार, माघ २१, २०८२
०९:३४





प्रतिक्रिया दिनुहोस्