फोटो ग्यालेरी
ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ । नगर यात्रामा एउटा खासिमा एक बालक शंख बजाउदै जल छर्किदै नगर परिक्रमा गरेका थिए । स्थानीय मान्यता अनुसार खासिलाई गोसाइँकुण्ड र बालकलाई भगवान शिव को प्रतिकको रुपमा लिइन्छ ।
माधव नारायण मेला र जात्रा पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्री स्वस्थानी व्रत कथाका समयमा हुने गर्छ। यो ललितपुरको ठेचोबाहेक साखु, भक्तपुरलगायत विभिन्न ठाउँमा मनाइन्छ। माघ शुक्ल द्वादशी र माघ शुक्ल त्रयोदशीको दिन विशेष झाँकीसहित जात्रा निकाल्ने चलन छ।
यही क्रममा ललितपुर ठेचोका स्थानीयले विभिन्न रूप धारण गरेर आफ्नो शरीरमा दियो, कलश बोकेर नगर घुम्छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
शुक्रबार, माघ १६, २०८२
१५:२९

प्रतिक्रिया दिनुहोस्