Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

शहीद दिवस

शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा (तस्बिरसहित)

काठमाडौं । देश र जनताको हितका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने शहीदहरूको सम्मानस्वरूप आज देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइएको छ।

शहीद दिवसका अवसरमा राजधानी काठमाडौँको शान्तिवाटिकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ब्यान्ड, मार्चपास तथा शहीदहरूको तस्बिर राखिएको बग्गीसहित प्रभातफेरी निकालिएको थियो। प्रभातफेरी लैनचौरस्थित शहीद उद्यानमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो।

श्रद्धाञ्जली सभामा प्रधानमन्त्री, मन्त्रीहरू, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले शहीदप्रति पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।
सरकारले शहीद दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

इतिहासका विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र, स्वतन्त्रता तथा जनअधिकारका पक्षमा भएका आन्दोलनहरूमा सहादत प्राप्त गरेका वीर सपूतहरूको सम्मानमा हरेक वर्ष साताव्यापी कार्यक्रम आयोजना गरी शहीद दिवस मनाउने परम्परा रहेको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी