फोटो ग्यालेरी
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटेल उडल्यान्डको माथिल्लो तलामा रहेको ब्ल्याक आउट डान्स बारमा आगलागी हुँदा लाखौँको धनमाल नष्ट भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार आगो नियन्त्रणमा आएको छ, तर क्षतिको वास्तविक विवरण अहिलेसम्म यकिन भएको छैन। आगो नियन्त्रणका लागि बारुण यन्त्र कार्यालय काठमाडौंबाट चार वटा दमकल घटनास्थलमा पुगेका थिए।
प्रारम्भिक अनुसन्धान अनुसार आगो क्लबको किचनबाट सल्केको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको छ।
प्रकाशित मिति:
बिहीबार, माघ १५, २०८२
१२:२०





प्रतिक्रिया दिनुहोस्