Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

चुनाव प्रचारको लागि पूर्वप्रधानमन्त्री देउवाको गृहजिल्लामा बालेन शाह (तस्बिरसहित)

डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टीका का वरिष्ठ नेता बालेन शाह बुधबार बिहान सुदूरपश्चिमको चुनावी अभियानका लागि डडेल्धुरा पुगेका छन् ।

डडेल्धुरा नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो ।

मंगलबार उनी कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । बुधबार डडेल्धुराको महेश्वरीमोडस्थित रास्वपा कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको छ ।

कार्यक्रमपछि बालेन बैतडीको पाटनस्थित रास्वपाको सम्पर्क कार्यालय पुगेर कार्यकर्तासँग भेटघाट गर्नेछन् । त्यसैगरी उनी आजै दार्चुलाको गोकुलेश्वरस्थित सम्पर्क कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी