Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

निर्वाचनका लागि भारत सरकारले उपहार दिएका गाडी सिंहदरबारमा (तस्बिरहरु)

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई गाडी उपहार दिएको छ। निर्वाचन प्रयोजनका लागि भारतबाट आएका गाडीहरू सिंहदरबारमा जम्मा गरिएका छन्।

गत मंगलबार सिंहदरबारस्थित एक कार्यक्रममा भारतीय दूतावासले नेपाल सरकारलाई ६१ वटा क्याबिन पिकअप भ्यान हस्तान्तरण गरेको थियो। त्यसैगरी, हिजो मात्र थप ५४ वटा गाडी सिंहदरबार आइपुगेका छन्। ती गाडीहरू भने औपचारिक रूपमा हस्तान्तरण गर्न बाँकी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायता अन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो। सोही अनुरूप भारत सरकारले पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो।

यसपटकको निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी करिब ६५० वटा गाडी उपलब्ध गराउने बताइएको छ। भारततर्फबाट नेपाल सरकारलाई जिम्मा लगाइसकेपछि ती गाडीहरू निर्वाचनका क्रममा आवश्यकता र उपयोगिताका आधारमा विभिन्न स्थान तथा निकायहरूमा वितरण गरिने गृह मन्त्रालयले जनाएको छ। 

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी