फोटो ग्यालेरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यतिबेला चुनावी अभियानका क्रममा सुदूरपश्चिमको कैलालीमा सक्रिय छन्।
बालेनले कैलालीका पाँचवटै निर्वाचन क्षेत्र पुगेर पार्टीका उम्मेदवारहरूको सम्पर्क कार्यालय अवलोकन गर्नुका साथै स्थानीय समर्थकहरूसँग साक्षात्कार गरेका छन्।
उनले क्षेत्र नं. १ का कोलम ज्ञवाली, क्षेत्र नं. २ का केपी खनाल, क्षेत्र नं. ३ का जगत प्रसाद जोशी, क्षेत्र नं. ४ का खेमराज कोइराला र क्षेत्र नं. ५ का आनन्द चन्दका सम्पर्क कार्यालयमा पुगेर चुनावी तयारीबारे जानकारी लिएका हुन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति:
मंगलबार, माघ १३, २०८२
१४:५२





प्रतिक्रिया दिनुहोस्