Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

राष्ट्रियसभा निर्वाचन: मधेस प्रदेशमा चार सिटका लागि जनकपुरमा मतदान जारी (तस्बिरसहित)

जनकपुर । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा चार सिटका लागि मतदान जारी रहेको छ। चार सिटका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महेन्द्रनारायण मिथिला संस्कृति केन्द्रमा आइतबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो। मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
मधेस प्रदेशमा अन्य, महिला, दलित तथा अल्पसंख्यक/अपाङ्गता भएका समूह गरी चार समूहका चार सिटमा निर्वाचन भइरहेको छ।
आगामी फागुन २० गते राष्ट्रियसभाका ५९ सदस्य मध्ये १७ सदस्यको कार्यकाल सकिँदैछ। कानुनी व्यवस्था अनुसार रिक्त हुन लागेका पदमा ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने भएकाले आइतबार सातै प्रदेशमा निर्वाचन भइरहेको हो। त्यसमध्ये कोशी प्रदेशको एक सिटमा निर्विरोध निर्वाचन भइसकेको छ।
रिक्त हुन लागेका १८ सिटमध्ये ९ सिटमा नेपाली कांग्रेस, ८ सिटमा नेकपा एमाले र १ सिटमा जनता समाजवादी पार्टी (जसपा) बीच भागबण्डा भएको छ।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी