फोटो ग्यालेरी
काठमाडौं । देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भएपछि काठमाडौं उपत्यका सहित देशभर मौसम बदली भएको छ। नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भएको छ।
दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लाग्ने, बाँकी भू–भागमा आंशिक बादल रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात वा वर्षा हुने सम्भावना छ।
शनिबार देशको पश्चिमी क्षेत्रमा वर्षाको साथै हिमपात पनि भएको थियो। यो वर्षको पहिलो हिमपात भएकोले स्थानीय किसानहरू खुसी भए पनि दैनिक जीवन प्रभावित भएको छ।
काठमाडौँ उपत्यकामा वायुको गुणस्तर खराब भएकोले घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरूले सल्लाह दिएका छन्। स्विस वायु प्रदूषण मापन एप आइक्यु एअर अनुसार काठमाडौंको वायु गुणस्तर अति अस्वस्थकर छ।





प्रतिक्रिया दिनुहोस्