NL न्यूज
प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेकामध्ये ३४ सय ६ जनाको मात्रै अन्तिम उम्मेदवरी कायम भएको छ । निर्वाचन आयोगका अनुसार ३४ सय ८७ ले मनोनयन दर्ता गरेकामा ७२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । दाबी विरोध तथा निर्वाचन अधिकृत कार्यालयले छानविन गर्दा कागजात नपुगेका ९ जनाको भने उम्मेदवारी रद्ध गरिएको छ । त्यसमा ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र अन्य समूहका १ जना छन् । उम्मेदवारहरूको कायम भएको अन्तिम संख्यामा २५-४० उमेर समूहका १ हजार ५६, ४१-६० उमेर समूहका १ हजार ९ सय २५ र ६१ वर्षभन्दा माथि उमेरका ४ सय २५ जना छन् । निर्वाचन कार्यक्रमअनुसार बुधवार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाबी विरोध तथा नाम फिर्ता लिने समय सकिएलगत्तै जाँचबुझपछि निर्वाचन अधिकृत कार्यालयहरूले शुक्रबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेका हुन् ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनले प्रगितिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट गोरखा-२ मा निर्वाचन २०८२ उम्मेदवारी दिएका थिए । फिर्ता लिनेमा धेरैजसो स्वतन्त्र उम्मेदवारहरू छन् । आम जनता पार्टीका रामेश्वर चौधरीको कालोसूचीमा कर्जासम्बन्धी मुद्दा भएकाले उम्मेदवारी खारेज गरिएको छ ।
सम्बन्धित समाचार
यी हुन् नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार (नामावली)





प्रतिक्रिया दिनुहोस्