फोटो ग्यालेरी
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको आधिकारिकतासम्बन्धी विषयमा निर्वाचन आयोगसँग छलफल गरेको छ।
शुक्रबार निर्वाचन आयोगको कार्यालयमा पुगेर थापा समूहका नेताहरूले आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् । यसअघि बिहीबार थापा समूहले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो । उनीहरूले आफूहरू नै नेपाली कांग्रेसको आधिकारिक नेतृत्व भएको दाबी गर्दै आएका छन् ।
यता, शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा पक्षका नेताहरूले पनि आफूहरू आधिकारिक पक्ष भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
यसैबीच, शेरबहादुर देउवा नेतृत्वको समूह पनि फेरि निर्वाचन आयोग जाने तयारीमा रहेको बताइएको छ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
शुक्रबार, माघ २, २०८२
१६:०३

प्रतिक्रिया दिनुहोस्