फोटो ग्यालेरी
काठमाडौं । निर्वाचन आचारसंहिताका विषयमा निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल थालेको छ।
शुक्रबार (माघ २) मध्याह्नदेखि आयोग परिसरमा छलफल जारी रहेको छ। आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै दलहरूलाई आचारसंहिता पालना गर्न प्रतिबद्ध गराउने उद्देश्यले छलफल आयोजना गरेको हो।
छलफलमा निर्वाचन आयोगका पदाधिकारीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्। आयोगले यसअघि नै छलफलबारे दलहरूलाई जानकारी गराएको थियो।
प्रकाशित मिति:
शुक्रबार, माघ २, २०८२
१३:०७





प्रतिक्रिया दिनुहोस्