Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

कांग्रेस आधिकारिकता विवादः देउवा पक्षले बुझायो निर्वाचन आयोगमा कागजात (तस्बिरसहित)

काठमाडौं ।  नेपाली कांग्रेस देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै निर्वाचन आयोगमा आवश्यक कागजात बुझाएका छन् ।

पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएपछि आधिकारिकता दाबी गर्न देउवा पक्ष निर्वाचन आयोग पुगेको हो ।

यसअघि बिहीबार गगन थापा पक्षले नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा बुझाइसकेको छ । निर्वाचन आयोगले दुवै पक्षका दाबी र कागजातमाथि छानबिन तथा अध्ययन गरिरहेको जनाएको छ । 

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी