Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

कांग्रेस आधिकारिकता विवादः देउवा पक्षका नेता–कार्यकर्ता निर्वाचन आयोगमा (​​​​​​​तस्बिरसहित)

काठमाडौं । देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबीसहित नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेका छन् ।

निर्वाचन आयोग पुगेको टोलीमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित उपसभापति धनराज गुरुङ, नेताहरू डा. शशांक कोइराला, मिन विश्वकर्मा, नैनसिंह महरलगायतको उपस्थिति रहेको छ।

यसअघि बिहीबार गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो। विशेष महाधिवेशन विधानसम्मत रहेको र बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएको दाबी गर्दै थापासहितका नवनिर्वाचित पदाधिकारीहरूले पार्टीको आधिकारिकता आफूहरूको पक्षमा रहेको जिकिर गरेका थिए।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा भएपछि देउवा पक्षले थापासहितका नेताहरूलाई कारबाही गरेको थियो। त्यसपछि दुवै पक्षले निर्वाचन आयोगमा आ–आफ्नो आधिकारिकता दाबी गर्दै पत्र र कागजात बुझाएका हुन्।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी