Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

कांग्रेस विशेष महाधिवेशनका दस्तावेज निर्वाचन आयोगमा बुझाइयो (तस्बिरसहित)

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले विशेष महाधिवेशनबाट गरिएको नेतृत्व चयनसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा हस्तान्तरण गरेका छन्।

सभापति थापाले बिहीबार (माघ १) कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई उक्त दस्तावेज बुझाएका हुन्। विशेष महाधिवेशनपछि निर्वाचित सभापति थापासहितका पदाधिकारीहरू आयोग पुगेका थिए।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टीको विवरण अद्यावधिक गराउन आयोग पुगेको कांग्रेसले जनाएको छ।

आयोग जाने टोलीमा सभापति थापासहित उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत पदाधिकारी सहभागी थिए।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी