Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

नेकपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच एकता, सुमन सायमी नेकपामा भित्रिँदा जे देखियो (तस्बिरसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधरबीच एकता भएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितका नेताहरू एकता प्रक्रियामा सामेल भएका हुन् ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुवै पक्षबीच सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालका सुमन सायमीले हस्ताक्षर गरेका छन् ।

गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति, सहकारी पीडित संघर्ष समिति, पहिचान पक्षधर आन्दोलन, गुठी आन्दोलनलगायत न्याय, अधिकार र पहिचानका पक्षमा उठेका जनआन्दोलनहरूको भावना र मागलाई आत्मसात् गर्दै दुई पार्टी एक भएको जनाइएको छ ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी