Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

टोखामा चाकु र पुष्टकारी बनाउन भ्याइनभ्याइ (तस्बिरहरु)

माघे संक्रान्ति नेपालीहरुको घरआँगनमा आएसँगै यतिबेला चाकु, पुष्टकारी खुवासहितका स्थानीय रैथाने मिठाइहरुको माग ह्वात्तै बढेको छ । 

माग बढेसँगै माघे संक्रान्तिलाई लक्षित गरेर अहिले चाकुसहित त्यस्ता मिठाइहरु बनाउन भ्याइ नभ्याइ छ । चाकु, पुष्टकारीसहितका मिठाइहरु अरु बेलामा पनि उत्पादन हुने गरेपनि खासगरी माघेसंक्रान्तिमा धेरै मागसँगै विक्री हुने गरेको छ ।

माग बढ्दा काठमाडौंको टोखास्थित उद्योगी व्यवसायीहरुलाई चाकु, पुष्टकारी सहितका मिठाइहरु बनाउन भ्याइनभ्याइ छ । उत्पादित चाकु विदेशतिर पनि जाने गरेको छ । चाकु किलोको १५० रुपैँया सम्ममा बेच्ने गरिएको छ ।

तस्बिर: न्युज एजेन्सी नेपाल

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी