Nepal Lead | नेपाल लिड | Voice of all Generations

फोटो ग्यालेरी

राष्ट्रिय लिग फुटबल बुधबारदेखि , १७ क्लबको सहभागिता, सिंगल राउण्ड रोविनमा १३६ खेल

उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा

काठमाडौं । राष्ट्रिय लिग फुटबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ । 

प्रतियोगिताबारे जानकारी दिन अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेको छ ।

१७ वटा क्लब सहभागी प्रतियोगिता सिंगल राउण्ड रोविनका आधारमा खेलाइने एन्फाले जनाएको छ । लिगमा कूल १३६ खेल हुनेछ ।

उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  बुधबारनै हुने अर्को खेलमा श्री भगवती क्लब र चर्च ब्वाइज क्लबबीच भिड्दैछन् । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुनेछन्।

एन्फाका अनुसार राष्ट्रिय लिगको विजेताले नगद ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप फोटो ग्यालेरी