फोटो ग्यालेरी
काठमाडौं । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि काठमाडौँको भृकुटीमण्डप क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सभापतिसहित पदाधिकारी र नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज राति ९ बजेदेखि मतदान सुरु हुँदैछ।
मतदानलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ। महाधिवेशनस्थल वरपर सवारी तथा आवागमनमा समेत कडाइ गरिएको छ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति:
मंगलबार, पुस २९, २०८२
१५:३३





प्रतिक्रिया दिनुहोस्