NL न्यूज
काठमाडौं । कुलमान घिसिङ भन्छन्, “म कुनै पनि पार्टीको सदस्य छैन।” तर कुरा सुन्ने हो भने, उनको अगुवाइमा उज्यालो नेपाल पार्टी बनेको थियो। अनि त्यो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता पनि गर्यो। त्यो एकतामा रास्वपाका सभापति रवि लामिछाने, उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र कुलमान आफैं पनि हस्ताक्षरकर्ता थिए। सहमतिमा भनेको छ– कुलमान घिसिङ उपसभापति हुने।
तर, मन्त्री कुलमानले पत्रकार सम्मेलनमा भने, “म कुनै पनि पार्टीको सदस्य छैन” भनेर कुरा राखेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले राजनीति गर्ने मन्त्रीलाई राजीनामा दिन भनेपछि कुलमानको यो जवाफ आएको हो ।
सायद उनलाई चुनाव भन्दा पनि मन्त्री प्यारो लाग्यो । सायद रास्वपाले निर्वाचन आयोगमा अहिलेसम्म सदस्यताको विवरण दर्ता नगरेको कारण कुलमानले त्यस्तो भनेका हुन सक्छन्। तर सहमतिपत्रमा त नाम खुलेरै छ—रवि लामिछाने सभापति, र कुलमान उपसभापति।
हेर्नुहोस् सहमतिपत्र

प्रकाशित मिति:
मंगलबार, पुस २२, २०८२
१८:३५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्