NL न्यूज
काठमाडौं । नेपाल लिडका सञ्चारकर्मी समीर जोशी र अमृत भट्ट ब्रिटिस कलेजसँग जोडिएको पछिल्लो विवादको सत्य–तथ्य बुझ्न रिपोर्टिङमा पुगेका बेला कलेज प्रशासनको निर्देशनमा भाडामा ल्याइएका सुरक्षाकर्मीले उनीहरूमाथि दुर्व्यवहार गर्दैडेढ घण्टादेखि बन्धक बनाएका छन् ।
विद्यार्थी र अभिभावकबाट ठगी, शैक्षिक प्रमाणपत्र, भिसा प्रक्रिया र कलेजको वैधानिकतासम्बन्धी उजुरीहरू बढ्दै गएपछि ती विषयमा सत्यतथ्य बुझ्न पुगेका पत्रकारलाई कलेज प्रशासनले कार्यालयभित्रै थुनेका हुन्। रिपोर्टिङ गर्न नदिन मोबाइल खोस्ने, भिडियो खिच्न रोक लगाउने र बाहिर ननिस्कन धम्की दिने जस्ता क्रियाकलाप गरिएको छ।
पत्रकारले विद्यार्थीहरूको गुनासो, कलेजको कानुनी हैसियत र प्रशासनको जवाफ लिन खोज्दा कलेज प्रशासन आक्रोशित बनेको र पत्रकारलाई “समाचार नबनाए मात्र छोड्ने” जस्तो अमानवीय व्यवहार गरिएको बताइएको छ। यस घटनाले शिक्षाको नाममा व्यापार गर्ने संस्थाहरू कति हदसम्म गैरजिम्मेवार र निरंकुश बनेका छन् भन्ने स्पष्ट देखाएको छ।
के हो ब्रिटिस कलेजको मूल विवाद ?
थापाथलीस्थित प्रतिष्ठित मानिने द ब्रिटिश कलेज पछिल्लो समय विद्यार्थी आन्दोलन, शुल्क विवाद र अन्तर्राष्ट्रिय इन्टर्नसिप प्रकरणका कारण लगातार आलोचनामा छ । कलेजले युएईको दुबईस्थित द वुलविच इन्स्टिच्युट सँग मिलेर सञ्चालन गरेको इन्टर्नसिप कार्यक्रम नै सबैभन्दा ठूलो विवादको केन्द्र बनेको छ ।





प्रतिक्रिया दिनुहोस्