NL न्यूज
काठमाडौं । तपाईलाई केपी ओलीको अनुहार हेर्नैै मन लाग्दैन् ? कि थोरै–थोरै लाग्छ ? अनि शेरबहादुर देउवाको नी ? उथलपुथल गरिरहने प्रचण्डको चै हेरौं–हेरौं लाग्छ ? उनको पनि लाग्दैन । त्यसो भए कसको चै, हेराैँ–हेरौं लाग्छ ?
रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको हो ? हो, भने तपाईका यी आइडलहरुको चेहरासंगै यीनिहरुले सामानूपातिकमा पठाएका ‘शो’ पीस सामान जस्ता केही नवधनाढ्यहरुको अनुहार पनि सम्झिदै गर्नूहोस् । जसले संविधान र सर्वोच्च अदालतको फैसलाको कसरी चिरहरण गरेका छन् तल देखाउने छौ ।
त्यो भन्दा पहिला अहिलेको हटकेक समानुपातिकको सार, कवि अर्जुन पराजुलीको कविताबाट सुरु गरौंं ।
समानुपातिक :
स : ससुरा, सासु
मा : मामा,माइजु
नु : नुन खुवाउने मालिक
पा : पासा खेल्ने साथी
ति : तिनपाने खाँदाको पार्टनर
क : कप चम्चा झोला र छाता जुत्ता ।
बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको विँड भने जस्तो अहिलेका लागि नयाँ रास्वपामा पनि यो भन्दा बाहिरका अनुहारले समानुपातिकमा पर्ने सायद मौका पाए होलान र ? काँग्रेस–एमालेहरु त कहिले पो यो, क्याटागोरीभन्दा भिन्न थिए र ?
पुराना भनिएका एमाले कांग्रेस, माओवादीलाई गलाबस्ने गरि गाली गर्नुअघि उदाहरणका लागि नयाँले समानूपातिक सूचीमा पठाएका केही थान कोर र डोरटिमका व्यक्तिको अनुहार हेरौ हैत ? त्यसपछि संविधानले के भन्छ त्यसमा प्रवेश गर्ने छौ ।
१. विपिन आचार्य– खसआर्य– रवि लामिछानेका व्यवसायिक साझेदार
२. सचिन ढकाल– खसआर्य– व्यवसायी चन्द्र ढकालका छोरा
३. विदुषी राणा–खसआर्य– गोल्ड स्टार जुत्ता कम्पनीको सञ्चालक
४. प्रतिभा रावल–खसआर्य– सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सचिवालय सदस्य
५. लिमा अधिकारी– खसआर्य– पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी
६. डा. राम लामा– आदिवासी जनजाती– उर्जा व्यवसायी
७. ज्ञानेन्द्र मल्ल– आदिवासी जनजाती– क्रिकेटर
८. सुम्निमा उदास– आदिवासी जनजाती– सीएनएनमा काम गरिसकेकी पूर्व पत्रकार
९. रिमा विश्वकर्मा– दलित– कलाकार
१०. मोहना अन्सारी– मुस्लिम– मानवअधिकारवादी नेता
११. आसिफ शाह– मुस्लिम– कलाकार
१२. प्रकाश सपुत, कलाकार
आफुलाई बैकल्पिक शक्तिको पोगरी गुथेर जान्नेलाई छान्ने निति लिएको रास्वपाको सूचीले त ३ दशकका ओली देउवा र प्रचण्डलाई ३ रातमै कोशौ टाढा छाडे त ! सूचीमा त्रुटी भएको कुरामा त, स्वयम सभापति रवि लामिछानेले पनि स्विकारी सकेका छन् । भक्तहरुले भजन गाउने सिलसिला त चलेकै छ ।
रवि बालेन र कूलमानको जोडीले सकेसम्म गलत गर्दैनन् भन्ने जनतामा ठूलो भरोसा थियो तर यीनिहरुले गल्ती गर्दैनन् हैन, अरुलाई पनि टपेर सुरु गरीसके । माथिको लिष्टमा हेर्दा ।
को कसका नाता, कसको सालासाली को, सासु ससुरा छिमेकीको को, भन्ने कुरा त सबै बाहिर आइसकेकै छ । सायद त्यही विषयले रिंगटा छुटेपछि कूलमानले सामाजिक सञ्जाल मार्फत नै सूचीमा त्रुटी स्वीकार्दै भान्जा र ससुरा नभएको स्पष्टिकरण नै दिएका छन् । तर कूलमानले पैसाको ठूलो विटो बुझेर समानुपातिकमा आफ्ना व्यक्ति हालेको भन्दै पार्टीभित्रै चर्को आलोचना भएको छ । बैठकमै उनलाई नेता कार्यकर्ताले ¥याख¥याखती पारेको स्रोतले जनाएको छ । केहीले सामानूपातिक सूचीबाटै नाम हटाउन भनेका छन् ।
बालेन र कुलमान मिलाउने बहानामा रविलेसमेत प्राइमरी इलेक्सनको धज्जि उड्नेगरी कोटको खल्तीबाट निकटको नाम हालेको भन्दै रास्वपाकी नेतृ तोषिमा कार्कीले आपत्ति जनाएकीछिन् । उनले प्राईमेरी भोटिङकै धज्जी उडाउदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृति पुराना दलभन्दा धेरै फरक देखिएन भनेकी छिन् ।
त्यस्तै स्तम्भकार दिल निसानी मगरले सामाजिक सञ्जालमा लेखेका छन् । अदालतमा धरौटी राख्ने पैसा रवि लामिछानेले कहाँबाट ल्याउँछ भन्थे ।अरबपति चन्द्र ढकालका छोरालाई समानुपातिकमा राखेपछि पैसा त केवलकार नै चढेर आइहाल्छ नी भन्दै आलोचना गरेका छन् ।जेनजी अभियान्ता रक्षा बम र भावना राउतलेसमेत समानुपात्तिक सूचीमा आपत्ति जनाएका छन् । पैसा र पहुचबाला व्यापारीहरुको पोल्टामा समानूपातिकको कोटा परेपछि सर्वोच्च अदालतले २०८० सालमै निर्देशनात्मक आदेश जारी गरेको थियो ।
अदालतले भनेको छ– ‘समावेशिताले आर्थिक, सामाजिक र शैक्षिक दृष्टिबाट पछाडि परेका व्यक्तिहरूलाई राज्यका निकायमा सहभागी गराउनु ।! अब भन्न्ुस माथि रास्वपाले राखेको सूचीमा पिछडिएका र सुविधाबाट बञ्चित भएका अनुहार छन् ? अदालतको अपहेलना गरेको कसुर यीनिहरुप्रति किन आकर्षित नहुने ?
कांग्रेसमा श्रीमती, छोराछोरी, बहिनी, ससुरा, भाञ्जीदेखि पीएसम्म समानुपातिक उम्मेदवार ।
नयाँ जोगीको भिडमा पुराना झन किन पछि पर्थे र ? काँग्रेसले फेरि जग हसाएको छ ।
–राष्ट्रपति तथा कांग्रेसका पूर्वकार्यवाहक सभापति रामचन्द्र पौडेलले आफ्नी छोरी संज्ञा पोखरेल पौडेललाई दबाब दिएर समानुपातिक सूचीमा राख्न लगाएका छन् ।
–पहिलो राष्ट्रपति तथा कांग्रेसका पूर्वमहामन्त्री डा. रामवरण यादवले छोरा डा. चन्द्रमोहन यादवको नाम सूचीमा राख्न सफल भएका छन् । डा. चन्द्रमोहन कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् ।
–कांग्रेसका महामन्त्री गगन थापाका ससुरा अर्जुननरसिंह केसीलाई समानुपातिकतर्फको उम्मेदवार ।
–बलबहादुर केसीले श्रीमती र बहिनीको नाम समानुपातिकको बन्दसूचीमा राख्न सफल भएका छन् । केसीकी श्रीमती रिना उप्रेती र बहिनी गोमा केसी समानुपातिक सूचीमा परेका छन् ।
–पूर्वउपसभापति विमलेन्द्र निधिले भाञ्जी निनु कर्णको नाम समानुपातिक सूचीमा राखेका छन् । कर्णको नाम सूचीको २५ औँ नम्बरमा छ ।
–प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि आफ्ना सहयोगी (पीए) टेकबहादुर बिकको नाम सूचीमा राख्न भ्याएका छन् । बिकको नाम सूचीको १०९ नम्बरमा छ । ०००
प्रकाशित मिति:
बुधबार, पुस १६, २०८२
१७:३९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्