Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

फागुन २१ को चुनावमा रास्वपाले देशको सपना पूरा गर्ने जनमत ल्याउने रवि लामिछानेको दाबी

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गते हुने चुनावमा आफ्नो पार्टीले देशको सपना र जनआकांक्षा पूरा गर्न सक्ने खालको मत पाउने दाबी गरेका छन्।

बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले आगामी चुनावमा पार्टीले पाउने जनमतप्रति आफू ढुक्क रहेको बताए। आशा र भरोसा गरेका नागरिकहरू एक ठाउँमा उभिइसकेपछि त्यसले ठूलो परिवर्तन ल्याउने उनको भनाइ थियो।

कति मत आउँछ भन्ने ठ्याक्कै संख्या भने उनले खुलाएनन्। तर देशलाई अहिले चाहिएको परिवर्तन ल्याउन सक्ने नतिजा आउनेमा आफू विश्वस्त रहेको उनले स्पष्ट पारे।

“संख्या आज म भन्न सक्दिनँ, तर हामीले चाहेका धेरै कुराहरू सम्बोधन गर्न सक्ने मत पाउँछौँ भन्ने विश्वास छ,” लामिछानेले भने, “त्यसले हाम्रो राष्ट्रिय सपना र आकांक्षा पूरा गर्न सक्ने तहको जनसमर्थन दिलाउँछ।”

उनले रास्वपाले नागरिकलाई आफ्नै भविष्य र देशको दिशा आफैँ तय गर्न सक्ने अवस्थामा पुर्‍याइदिएको दाबीसमेत गरे। “आफ्नै हातले यो देशको भविष्य लेख्न सक्ने ठाउँमा हामीले नागरिकलाई पुर्‍याइदिएका छौँ,” उनले भने, “अब बाँकी निर्णय नागरिककै विवेकमा छ।”

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार