Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मधेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेशमा मनिष सुमनसहित ६ जना बने मन्त्री

जनकपुरधाम । मधेस प्रदेश सरकारमा फेरि मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै अब सरकारले पूर्णता पाएको छ।सरकार गठन भएको करिब एक महिनापछि मुख्यमन्त्री यादवले थप ६ जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई १२ सदस्यीय बनाएका हुन्।

मुख्यमन्त्रीसहित अब मधेस प्रदेश सरकार पूरा टिमसहित काममा जुट्ने अवस्थामा पुगेको छ। नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उनीहरूलाई शपथ गराएका हुन्।

नयाँ मन्त्रीहरूमा मनिष सुमनले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन्।

शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्ने भएका छन्। त्यस्तै वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्री बनेका छन् भने फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
तेस्रो पटकको विस्तारपछि अब मधेस प्रदेश सरकार स्थिर ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ।

Madhesh-1767167025.jpg

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार